चैत ५ नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन वटा घर जलेका छन् ।
गएराति भएको आगलागीबाट तीन दाजुभाइ मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।
स्थानीय बासिन्दा र ककनीबाट खटिएको प्रहरी टोलीले आगो निभाएका छन्। घरमा भएका सर–सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो । तीन दाजुभाइको गरी ५० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागीको कारण खुलेको छैन । पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।