रत्ननगर, ५ फागुन । रत्ननगर नगरपालिकाको वडा न ७ ले खेलाडीलाई पोसाक (जर्सी) वितरण गरेको छ । वडा न ७ को सिसुवार चौरमा भलिबल खेलाडीलाई ९ थान जर्सी वितरण गरेको हो । खेलाडीको मनोबल बढाउनुका साथै खेलप्रति सकारात्मक उर्जा प्रवाह गराउने उद्देश्यले जर्सी वितरण गरिएको वडाअध्यक्ष सजना महतोले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेल र युवाका लागि खेलकुद’ आवश्यक रहेको हुँदा खेलप्रति प्रोत्साहन दिलाउन पनि वडाले सानो प्रयास गरेको उनको भनाइ छ ।

खेल संरक्षण र खेलको प्रवद्र्धन गर्न वडा हरदम प्रयासरत रहनेसमेत उनले बताए । कायक्रममा वडा सदस्यहरू सूर्यबहादुर तामाङ, जानकी चौधरी, वडा खेलकुद विकास समितिका संयोजक सरोज चौधरी, प्याराडाइज युवा क्लबका अध्यक्ष मथुरा चौधरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सितारा चौधरीलगायतको उपस्थिति थियो ।

Share:

सम्बन्धित समाचारहरु