काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ उच्च बिन्दुमा पुगेको छ।
मंगलबार (पुस ८) एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २० रुपैयाँले बढेर प्रतितोला ४ हजार २५५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र स्थानीय मागका कारण पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।–00–


