अछाममा गर्भवती महिलामाथि हँसिया प्रहारबाट घाइते

चैत ७ अछाम । अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न्।

मेल्लेख गाउँपालिका– ३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगीदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन्।

आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ। हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। अमृता पक्राउ परेकी छन्।

 

Share:

सम्बन्धित समाचारहरु