कालिका, ९ असोज । चितवनको कालिका नगरपालिकाको वडा नं. ३ मा तीनदिने आधारभूत तरकारीखेती तालिम सम्पन्न भएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गत कालिका शाखाले तालिम आयोजना गरेको हो । असोज ७ गतेदेखि आयोजना गरिएको तालिममा नगरक्षेत्रभित्रका छिमेक लघुवित्त वित्तीय संस्थासँग आवद्ध ३१ जना सदस्यहरुको सहभागीता थियो । ‘वर्षौभरी व्यवसायिक रुपमा तरकारी खेती गरौं, आफू खाऔं, बेचौं अनि पैसा कमाऔं र आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ आयोजना गरिएको तालिमले सहभागीहरुको आयस्तर सँगै क्षमता अभिवृद्धिहुने कालिका शाखाका प्रबन्धक ऋषिराम तिमिल्सिनाले विश्वास व्यक्त गर्नुभयो ।
तालिम महिलाहरुको लागि निकै लाभदायक भएको सहभागीहरुले प्रतिकृया दिएका थिए । परम्परागत तरिकाले गरिने खेती भन्दा फरकखालको ज्ञान प्राप्त भएको उनीहरुको भनाई थियो । तरकारीखेतीगर्ने शैली, तरकारीखेतीगर्दा ध्यानदिनुपर्ने विषय र गर्नुपर्ने पूर्वतयारीसँग रेखदेख र औषधी उपचारको विषयमा समेत जानकारी पाएको बताए । वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
तरकारीखेती तालिमवाट प्राप्त ज्ञानको आधारमा व्यवसायिक तरकारीखेतीगर्न उहाँले सुझाव दिनुभयो । आत्मनिर्भर बन्न चाहने किसानहरुलाई नगरपालिकाले पनि विभिन्न शिर्षकमा अनुदानसँगै आवश्यक प्राविधिक सहयोग समेतगर्ने गरेको बताउनुभयो ।



—-00—-


