बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चैत ६ धनगढी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका-१० भाटाला भन्ने स्थानमा शनिबार राति सुपप्र ०१००२ त ५५९८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।दुर्घटनामा चालक बर्दियाको ठाकुरद्वारा नगरपालिका- ५ का ३२ वर्षीय अर्जुन थारुको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु