धरानमा पाँच दिनअघि महिलाको हत्या प्रकरण:२४ वर्षीय युवक पक्राउ

फागुन २२ धरान। धरानमा पाँच दिनअघि एक महिलाको हत्यामा संलग्न भएको आरोपमा सुनसरी प्रहरीले २४ वर्षका एक युवकलाई पक्राउ गरेको छ।

पाँच दिनअघि धरानको बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पाँचथर घर भएकी ३९ वर्षीया सुमित्रा तामाङ मृत फेला परेकी थिइन्। उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका ६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई पक्राउ गरेको हो।महिलाको हत्यामा संलग्नको खोजी गर्ने क्रममा मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

शनिबार छगर जोरपाटी गाउँपालिकास्थित ससुराली घरबाट दिनेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।इटहरीमा बस्दा चिनजान भएपछि तामाङसँग मगर नजिकिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछिल्लो समय उनी भोजपुरमा बसेर डोजरको सहचालक भएर काम गर्दै आएका छन्।

तामाङ र ती पुरुषबीच अवैध सम्बन्धपछि उत्पन्न विवादले हत्या भएको खुलेको डीएसपी कुवरले जानकारी दिए। तामाङको हत्या गरेपछि प्रेमी (दिनेश ) भने फरार थिए । मृतकका श्रीमान् नर्बु तामाङ वैदेशिक रोजगारीमा बहराइनमा छन्।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु