कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
थापाले मंगलबार सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश सरकारको बजेटप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका उनले बजेट पारित भएपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका थापाले लामो समय सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए।


