काठमाडौं । भारतको रणनीतिक कच्चा तेल भण्डार हालको अवस्थामा करिब पाँच दिनको मात्रै माग धान्न सक्ने देखिएको छ।
बीबीसीको विश्लेषण र सरकारी तथ्यांकअनुसार भण्डारण क्षमताको ठूलो हिस्सा अझै खाली छ। हाल कुल क्षमताको करिब ६४ प्रतिशत मात्रै भरिएको छ। भारतमा दैनिक करिब ०.६७ मिलियन मेट्रिक टन पेट्रोलियम खपत हुने भएकाले रणनीतिक भण्डार छोटो समयका लागि मात्रै पर्याप्त देखिएको हो। यद्यपि, तेल कम्पनीहरूसँग थप करिब ६४ दिनका लागि स्टक रहेको सरकारको दाबी छ।
भारत आफ्नो तेल आवश्यकताको ८८ प्रतिशतभन्दा बढी आयातमा निर्भर छ, जसले गर्दा आपूर्ति अवरोध हुँदा जोखिम बढ्ने विज्ञहरूको चेतावनी छ।–00–


