ल्होसारको अबसरमा आमा समुहको भवन उद्घाटन

चितवन, १५ पुस ।ल्होसारको अबसरमा भरतपुर महानगर पािलका वडा नम्बर २६ ज्योती नगरमा दिव्य ज्योती जुनेली गुरुङ् आमा समुहको भवन उद्घाटन गरिएको छ ।

प्रदेश सरकार, भरतपुर महानगरपालिका र स्थानीयको सहयोगमा निर्माण गरिएको भवनको आज प्रदेश सभा सदस्य गिता गुरुङ्ले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । आमा समुहले खरिद गरेको जग्गामा रु १ करोड बढिको खर्चमा भवन निर्माण गरिएको हो । दुई कठ्ठामा वनेको भवनको उद्घाटन गर्दै उहाँले हरेक समुदायको धर्म संस्कृतिको रक्षामा सबै एक हुन आबश्यक रहेको बताउनुभयो । समूहले बि. सं. २०५१ सालमा खरिद गरेको जग्गामा भवन निर्माण गरीएको हो । ल्होसारको अबसरमा भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन गर्दै उहाँले नेपाली जनताको धर्म संस्कृति संरक्षणका लागि सबै एक हुन आबश्यक रहेको बताउनुभयो । यस भवनमा सबै समुदायका व्याक्तिहरुले सबै संस्कारका कार्यक्रमहरु गर्न मिल्ने गरी निर्माण गरिएको छ । उहालँे भन्नुभयो “धर्म संस्कारको रक्षामा सबै लाग्नु पर्छ ।” ल्होसारको शुभकामना दिदैं उहाँले प्रदेश सरकारले आफ्नो क्षमता अनुसार बिकासका कामहरु गर्दै आएको बताउनुभयो । समाजकी अध्यक्ष श्रीमायाँ गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २६ की वडा सदस्य साबित्रि कोईराला ढकाल, नेपाल प्रेस युनियन चितवनका कार्यवहाक अध्यक्ष प्रस्ताब सुबेदी, सून वहादुर गुरुङ्, दल बहादुर गुरुङ लगाएले बोल्नुभएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु