काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचन तयारीसँगै सडक सङ्घर्षका कार्यक्रम पनि एकसाथ सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन तयारी र सङ्घर्ष कार्यक्रमलाई समन्वय गरेर अघि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
कार्यक्रम विवरण
-
मंसिर १० : सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने।
-
मंसिर ११–१५ : प्रत्येक संसदीय क्षेत्रका सहर र बजारमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन।
-
मंसिर १९–२१ : जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितको प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना।
-
मंसिर २७–पुस ४ : देशभर जिल्लास्तरीय विरोध सभा र जनसभा।
पार्टीले प्रदेशस्तरीय जनप्रदर्शन र विरोध सभा को कार्यक्रम पनि सार्वजनिक गरेको छ। त्यसअनुसार:
-
पुस १२ : विराटनगर
-
पुस १४ : जनकपुर
-
पुस १५ : वीरगञ्ज
-
पुस १७ : नेपालगञ्ज र भैरहवा
पूर्ण बस्नेतका अनुसार, पार्टीले विगतदेखि उठाउँदै आएका माग र मुद्दामा सरकार सकारात्मक नदेखिएकोले सडक सङ्घर्षको विकल्प अपनाउनुपरेको हो। पार्टीले आवश्यक परे अन्य विरोध कार्यक्रम सम्बन्धित जिल्ला वा प्रदेश समितिको निर्णयमा आधारित सञ्चालन गर्ने पनि जनाएको छ।–00–


