आज पनि भारी वर्षा हुने अनुमान

नारायणी नदीको जलसतह अहिले पनि चेतावनी तहमाथि

चितवन, २९ साउन

लगातारको बर्षाले नारायणी नदीको जलसतह अहिले पनि चेतावनी तहमाथि रहेको छ ।
जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले चेतवानी तह पार गरेको छ ।

हिजो राती साढे ९ बजे नै नारायणी नदीले चेतावनी तह पार गरेको हो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा ७.७ मिटर र नारायणी पुल नारायणगढमा ११.१५ मिटर छ ।

देवघाटमा ७.३ मिटर र नारायणगढमा ११ मिटरलाई चेतवानी तह मानिन्छ । चितवनमा अहिले पानी पर्न रोकिएको छ भने बर्दिया र मकवानपुरमा भारी वर्षा भइरहेको छ ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ ।

 

Share:

सम्बन्धित समाचारहरु