रत्ननगर । प्रणामी व्यवसायी संघ चितवन जिल्ला कार्यसमितिले आफ्नो पाँचौँ वार्षिक साधारण सभा र सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। रत्ननगर–१३ अमेलियास्थित असहाय वृद्ध कल्याण समाजको परिसरमा सम्पन्न उक्त कार्यक्रममा आश्रित वृद्ध–वृद्धाहरुलाई भोजन प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण प्रणामी युवा परिषद् चितवनका जिल्ला अध्यक्ष तथा प्रणामी व्यवसायी संघका केन्द्रीय सदस्य श्याम पोखरेलले संघले समाजसेवामा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनु आजको आवश्यकता भएको बताउनुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि असहाय वृद्ध कल्याण समाजकी व्यवस्थापक सुनिता पौडेल रहनुभएको थियो।
साधारण सभामा संघका उपाध्यक्ष सेवक वास्तोला, सचिव सुर्यमणि ढकाल, कोषाध्यक्ष ज्योति भट्ट, सह–सचिव उदय रुवाली, सदस्यहरु हेमन्त अधिकारी, शुशिला सापकोटा, राजेन्द्र अधिकारी, निरज न्यौपाने, र कवि खतिवडालगायतको उपस्थिति रहेको थियो।
त्यस अवसरमा किरण गजुरेल, कपिल ढकाल, रंजन खतिवडा, केशवचन्द्र बराल, देवचन्द्र ढकाल र टेकनाथ प्रसाईलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रमको अध्यक्षता प्रणामी व्यवसायी संघ चितवनका अध्यक्ष विपिन खतिवडाले गर्नुभएको थियो।–00–

