अखिल नेपाल महिला संघ माडीको भदौ ६ गते नगर अधिवेशन तथा दरखानी कार्यक्रम

बिजय खरेल – सेतो नेपाल –
चितवन २८, साउन – अखिल नेपाल महिला संघ (अनेमसंघ) माडी नगर कमिटीको सचिवालय बैठक अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षतामा हालै सम्पन्न भएको छ। बैठकमा अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य तथा माडी नगर प्रमुख तारा कुमारी काजी महतको प्रमुख आतिथ्य रहेको थियो।

उक्त अवसरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेमसंघ माडी इन्चार्ज पूर्णकला सुनार, जिल्ला कमिटी सदस्य श्रीप्रसाद दवाडी, कमल रामदाम, नगर अध्यक्ष नारायण अधिकारी लगायतका विशिष्ट अतिथिहरूको पनि उपस्थिती रहेको थियो।

बैठकले आगामी भदौ ६ गते माडी नगरमा अनेमसंघको नगर अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। सोही दिन नेकपा एमाले माडी नगर कमिटीले महिला दिदीबहिनीहरूलाई तिजको दरखानी कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको नगर अध्यक्ष नारायण अधिकारीले जानकारी दिएका छन्।

अधिवेशन र दरखानी कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण पार्टीका सदस्य तथा नगरभरका महिला दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरिएको छ। कार्यक्रमले महिला सशक्तिकरण, एकता र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु