एसईई नतिजा सार्वजनिक : कुन प्रदेशमा कति विद्यार्थी उत्तीर्ण भए ?

काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।

बोर्डले दिएको जानकारी अनुसार, यस वर्ष सबैभन्दा धेरै विद्यार्थी बागमती प्रदेशमा उत्तीर्ण भएका छन्। सातै प्रदेशका परीक्षार्थीमध्ये कुन प्रदेशका कति विद्यार्थी सफल भए भन्ने विवरण यस प्रकार छ:

➡ बागमती प्रदेश : १,१९,५१७ जना
➡ सुदूरपश्चिम प्रदेश : ५९,८०४ जना
➡ मधेश प्रदेश : ५९,७४९ जना
➡ लुम्बिनी प्रदेश : ५७,६८७ जना
➡ गण्डकी प्रदेश : ४७,८४९ जना
➡ कोशी प्रदेश : ४७,८३५ जना
➡ कर्णाली प्रदेश : ४६,४५५ जना

यसपालिको परीक्षामा कुल कति विद्यार्थी सहभागी भए र कूल पास दर कति रहेको भन्ने विस्तृत विवरण भने बोर्डले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

 

 

Share:

सम्बन्धित समाचारहरु