दीपेश चौधरी-
खैरहनी । विद्यालय स्तरीय खिचरा डान्स आइडलको अडिसन सम्पन्न भएको छ । खिचरा महोत्सवको सचिवालयमा भएको अडिसनवाट १५ जना प्रतियोगिहरु अन्तिम चरणका लागि छनौट भएका छन । त्यस्तै १० जना डिजिटल अडिसनबाट छनौट भएको अडिसनका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।
अडिसनवाट २५ जना विद्यार्थीहरु फाइनल राउण्डमा प्रवेश गरेका छन । उनीहरुले महोत्सवको स्टेजमा ३० गते आआफ्नो प्रस्तुती दिनेछन् । खिचरा डान्स आइडल हुनेले नगद ३० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्तगर्नेछ । यस्तै दोश्रो हुनेले नगद २० हजार सहित प्रमाणपत्र पाउनेछन भने तेश्रोहुनेले १० हजार नगद र प्रमाणपत्र प्राप्तगर्नेछ ।
स्कुले उमेरका भाइ बहिनीहरुको प्रतिभालाई सम्मान स्वरुप यो स्कुल स्तरीय खिचरा डान्स आइडल आयोजना गर्न लागिएको नृत्य समितिका संयोजक चौधरीले जानकारी दिनुभयो । पूर्वी चितवनको खैरहनी ५ जबकौली, दुर्गा मन्दिर परिसरमा यहि पुस २८ गतेदेखि माघ ४ गते सम्म खिचरा महोत्सव आयोजना हुँदैछ । डान्स आइडल छनौटका लागि नायक तथा गायक रोहित सिंह चौधरी र नायिका मुस्कान चौधरी निणार्यक को रुपमा रहेका थिए ।