विराटनगरमा स्टाफ नर्सको शव शौचालयमा भेटियो, हत्या भएको आशंका

विराटनगर, २ चैत । विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा भेटिएकीछन् । उनको हत्या भएको आशंका गरिएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अस्पतालनजिकै डेराको बाथरुममा हत्या गरेर फालिएको अवस्थामा नर्सको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो।

 

डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । अस्पताल नजिकै डेरा गरि बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको हो । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

 

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ ।

‘शव एट्याच कोठाको शौचालय भित्र भेटिएको छ, हत्या शौचालयमा भएको हो कि कोठामा भन्ने विस्तृत रुपमा खुलेको छैन । उनको परिवारका सदस्यलाआएपछि थप विषय खुल्ने उहाँले बताउनुभयो ।–00–

 

Share:

सम्बन्धित समाचारहरु