काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर सम्बन्धित व्यक्तिहरुवाट जानकारी लिएका हुन् । त्यसअघि दुर्घटनास्थल पुगेर निरीक्षण समेत गरेका थिए ।
प्रधानमन्त्रीसँग गृहमन्त्री रमेश लेखक पनि निरीक्षणमा पुगेका थिए । उहाँले घटनास्थल निरीक्षणपछि दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताउनुभयो । –00–


