चितवन, ४ साउन । सिमलताल पहिरोका कारण त्रिशूलीमा वेपत्ता भएका यात्रुहरु मध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले बिहीबार फेला पारेका हुन ।
सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिए । शव भेटिएपनि सनाखत भने भइसकेको छैन ।
योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।
२८ असारको बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका-२९, सिमलतालमा पहिरो गएको थियो ।
लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।–00–
फाईल तस्विरः सतोनेपाल

