चितवन, ११ असार । लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस चितवनमा विभित्र कार्यक्रमगरि मनाउने निर्णय गरिएको छ ।
लागु औषध विरुद्धको क्षेत्रमा काम गर्ने संघ-संस्थाहरुसँगको समन्वय बैठकले गरेको निर्णय अनुसार असार १२ गते प्रभातफेरि गर्न निर्णय गरेको छ ।
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस जुन २६, २०२४ “The evidence is clear: Invest in Prevention” भन्ने नारा सहित बिहान ७:०० बजे भरतपुर चौविस कोठीमा भेला भई प्रभातफेरी कार्यक्रममा सहभागी हुने निर्णय गरिएकाे जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रभातफेरि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अन्तरकृया कार्यक्रममा परिणतहुनेछ । साँझ ७:०० बजे दिप प्रज्वलन गर्ने समेत निर्णय भएको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन भरत घिमिरेको संयोजकत्वमा ६ सदस्य व्यवस्थापन समिति समेत गठन भएकाे छ । समितिकाे सदस्यमा अनुप पौडेल, जानकी श्रेष्ठ, प्रकाश गुरुङ्ग, किशोर गुरुङ्ग र प्रकास सि.के रहेका छन् ।



