काठमाण्डौं, ३ असार । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको छ ।
सुरुवाति ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १०६ रनमा रोकेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेपालल ८५ रनमा अलआउट भएसँगै बंगलादेशले २१ रनको जित निकालेको हो ।नेपालका लागि कुशल मल्लले २७ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले २५ रन जोडे । आशिफ शेखले १७ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुशल भुर्तेल ४ रनमा आउट हुँदा रोहित पौडेल र सन्दीप जोरा १/१ रन जोड्दै आउट भए । नेपालका चार जना ब्याटर शून्यमै आउट भए । अनिल साह, गुल्सन झा, सोमपाल कामी र अविनाश बोहरा शून्यमै आउट हुँदा नटआउट रहेका सन्दीप लामिछानेले पनि कुनै रन जोड्न सकेनन् ।
बंगलादेशका लागि तान्जिन हसन साकिबले चार विकेट लिए । मुस्तफिजुर रहमानले ३ विकेट लिँदा साकिब अल हसनले २ विकेट लिए । त्यस्तै तास्किन अहमदले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लिटन दासले १० रन जोड्दा तान्जिद हसन शून्यमै आउट भएका थिए । त्यस्तै नजमुल हुसेन सान्तोले ४ रन जोडे भने साकिव अल हसन १७ रनमा आउट भए । तोहिद हृदयले ९ रन जोड्दा महमदुल्लाहले १२ र जाकिर अलीले १२ रन जोड्दा तान्जिम हसन साकिव ३ र रिसद हुसेन १३ रनमा आउट भए । त्यस्तै तास्किन अहमद १२ रनमा नटआउट रहे ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २र२ विकेट लिए ।–00–


