२९ साउन, भरतपुर । आइतबार बेलुकी ९ः१५ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं २९ स्थित केराबारीमा लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।
जुगेडीबाट आठ किलोमिटर उत्तरमा पर्ने सो सडकको अवरोध हटाउन सडक विभागसँग समन्वय गरी दुवैतर्फ सडकमा सवारी साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।