चितवनको कालिकामा रुखबाट लडेर एकजनाको मृत्यु

कालिका,२७ जेठ । चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो ।

गुरुङको उदयपुर सामुदायिक वनमा सालको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु