सविना थारूकाे अध्यक्षतामा थारु विद्यार्थी सभा यूके गठन

चितवन, १४ साउन । – थारु विद्यार्थी सभा युनाइटेड किङ्गडम (TBS UK) गठन गरिएको छ । यूकेमा रहेका थारू विद्यार्थीहरूकाे भर्जुअल भेलाले थारू विद्यार्थी सभा यूके गठन गरिएको हाे ।

भेलाले सबिना थारु नयाँ अध्यक्षमा चयन भएकी छन्।

कार्यक्रमको सभाध्यक्षका रूपमा थारु विद्यार्थी सभाकी केन्द्रीय अध्यक्ष सुशिला चौधरीले संयोजन गरिन् भने प्रमुख अतिथि थारु कल्याणकारिणी सभा (था.क.स) का अध्यक्ष प्रेमीलाल चौधरी थिए।

विशिष्ट अतिथिका रूपमा था.क.स युके अध्यक्ष, थारु भाषा साहित्य केन्द्रका कोषाध्यक्ष राकेश सिंह, था.क.स जापान अध्यक्ष ओमप्रकाश दास, थारु विद्यार्थी सभाका वरिष्ठ उपाध्यक्ष सुमन चौधरी, पूर्व उपाध्यक्ष धर्मेन्द्र चौधरी, सदस्य नवीन चौधरी, जापान सल्लाहकार सुबोध चौधरी, जापान अध्यक्ष कशीला चौधरी, सिरहाका उपाध्यक्ष अकेशा चौधरी, सर्लाहीका उपाध्यक्ष सिद्धान्त चौधरी लगायत बुद्धिजीवी, पत्रकार र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका निर्वाचन अधिकृतको भूमिका था.क.स उपत्यका अध्यक्ष सत्य नारायण सुमनले निर्वाह गरेका थिए। साथै Zoom Online Platform को सहयोगमा कार्यक्रम सञ्चालन गर्नमा साथ दिने संस्था WLS Research लाई विशेष धन्यवाद दिइएको छ।

थारु युवाहरूको यो सक्रियता, एकता र नेतृत्वदक्षताले विश्वभरि थारु पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

नवगठित कार्यसमिति यस्तो छः

  • अध्यक्ष: सबिना थारु
  • उपाध्यक्ष: ज्योति चौधरी
  • उपाध्यक्ष: रमेश चौधरी
  • सचिव: छबिन नारायण चौधरी
  • उप–सचिव: जिना पंजियार
  • कोषाध्यक्ष: लक्ष्मी चौधरी

समितिले कार्य समितिलाई मनाेनयन मार्फत पूर्णता दिनेछ ।

Share:

सम्बन्धित समाचारहरु