जनप्रतिनिधि सहित विपद् व्यवस्थापनकाे टिम डुवानहुन सक्ने वस्तिमा परिचालित

निरन्तर परिरहेको वर्षाले कालिकाकाे वडा नं ६ स्थित केही टाेल डुवानकाे उच्च जाखिममा

कालिका, ४ भदौ । निरन्तर परिरहेको वर्षाले कालिका नगरपालिकाकाे वडा नं ६ केही टाेल डुवानकाे जाेखिममा छन् ।
बुङखाेलामा आएको बाढी वडा नं ६ काे केही बस्तीमा प्रवेशगर्ने चरणमा पुग्दैछ । पानीकाे बहाब बढ्दै गएकाले बस्तीमा प्रवेशगर्ने खतरा रहेकाले स्थानीयलाई सुरक्षित भएर बस्न आग्रह गरिएको छ ।

बाढी प्रवेशगर्न सक्ने टाेलमा उपमेयर विमला तमाङ, प्रमुख  प्रशासकीय अधिकृत चुडामणी शर्मा गाैतम सहित  अध्यक्ष लगायत विपद् व्यवस्थापनका टिमहरू परिचालित छन् ।

Share:

सम्बन्धित समाचारहरु