कालिका, ५ चैत । स्थानीय व्यवसायिहरुलाई करको दायरामा ल्याउन कालिका नगरपालिकाले सुरु गरेको राजश्व सम्बन्धि सचेतनामूलक कार्यक्रम अन्तर्गत आज पदमपुर बजार क्षेत्रमा राजश्वबारे व्यवसायिहरुलाई जानकारी गराइएको छ ।
‘कर तिर्नु नागरिकको कर्तव्य मात्रै होइन, सम्मान पाउने अवसरपनि हो’ भन्ने नाराका साथ हिजोदेखि यो अभियान सुरु गरिएको हो ।
स्थानीय व्यवसायिले नगरपालिकामा दर्ता भए नभएको, दर्ता भएकाहरु निरन्तर राजश्व तिर्न प्रेरितगर्ने, दर्ता नभएकाहरु तत्काल वडा र पालिकामा आफ्नो व्यापार व्यवसायदर्तागर्न सचेत गराउँदै टोली हिडेका थिए । दर्ता भएर पनि लामो समयदेखि कर (राजश्व) नतिरेका व्यवसायिहरुलाई चैत मसान्त सम्मका लागि जरिवाना छुट गरिएको छ । चैत महिनाभित्र कर(राजश्व) तिरे कुनैपनि जरिवाना शुल्क तिर्नुपर्दैन कालिका नगरपालिकाका उपप्रमुख एवम अनुगमन समिति संयोजक विमला तामाङले भन्नुभयो । –‘यो सँगै अन्य विशेष योजनाका साथ नगरपालिका अगाडी बढिरहेको छ ।
नगर उपप्रमुख तामाङको नेतृत्वमा सचेतना मूलक कार्यक्रम भइरहेको छ । सचेतना मूलक कार्यक्रममा बरिष्ठ लेखा अधिकृत एवम राजश्व शाखा प्रमुख ऋषिप्रसाद कडुवाल, वडा अध्यक्षहरु, अनुगमन समितिका सदस्यहरु, कर्मचारीहरु सहितको टिमले बजार क्षेत्रका व्यवसायिहरुलाई समयमै राजश्व तिर्न आग्रहगर्दै हिडेका छन् ।
हिजोदेखि सुरु भएको यो अभियान पाँचदिन सम्म चल्ने नगरपालिकाका बरिष्ठ लेखा अधिकृत एवम राजश्व शाखा प्रमुख ऋषिप्रसाद कडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार भोली ६ गते जुटपानी बजार क्षेत्र, १४ गते खोलेसिमल बजार र १५ गते शक्तिखोर बजार क्षेत्रमा कार्यक्रमहुनेछ ।










–00–


