जनतासँग अस्पताल अभियान प्रभावकारी बन्दै, माडीको सिधुवामा ५ सय ६७ जनाको स्वास्थ्य परीक्षण

माडी, २० माघ । चितवनकाे माडी नगरपालिकाकाे सिधुवामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ५ सय ६७ जनाले स्वास्थ्य सेवा लिएकाे डा. भाेजराज अधिकारीले जानकारी दिए। गत निर्वाचनको समयमा उनै डा अधिकारीले कल्पना गरेको जनतासँग अस्पताल अभियान अन्तरगत माडी वडा नं ४ काे आयोजना तथा पुष्पान्जली अस्पतालकाे प्राविधिक सहयोगमा गरिएको शिविरमा ११४ जनाले भिडियो एक्स-रे, ७५ जनाले मुटुको चेकअप (ई.सि.जी.), ७० जनाले फोक्सोको चेकअप (पि.एफ.टी.) र २५० जनाले सुगर चेकजाँच गरिएको थियाे।

 

त्यस्तै, शिविरमा सहभागी हुन नसकेका ७ जना ज्येष्ठ नागरिकहरूलाई डाक्टर भोजराज अधिकारीले बिरामीको घरमै पुगी उपचार सेवा दिनुभएको थियो । शिविरमा पेट, मुटु, छाती, सुगर, थाइराइड विशेषज्ञ सेवा, स्त्री , प्रसुती तथा निसन्तान सम्बन्धि सेवा, हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा, नवजात तथा बालरोग सम्बन्धि सेवा, मानसिक रोग र नाँककाँन घाँटी रोग सम्बन्धि सेवा दिइएको वडाध्यक्ष माधव चापागाईंले बताउनुभयो ।

 

याे अभियान प्रभावकारी भएको र वडाले आगामी समयमा पनि यश खालका कार्यक्रम आयोजकगर्ने अध्यक्ष चापागाईंले बताउनुभयो । जनतासँग अस्पताल अभियानको नेतृत्व गर्नुभएका डा अधिकारीले स्वास्थ्य सम्वन्धि समस्या तत्काल समाधान गर्नु र नीतिगत सुधार के मा आवश्यक छ जान्ने उदेश्यले अभियान जारी रहेको बताउनुभयो । —00–

 

Share:

सम्बन्धित समाचारहरु