चन्द्रमणि महतोको अध्यक्षतामा थारु लेखक संघ चितवन गठन

थारु भाषा, संस्कृति र पहिचान संरक्षणका लागि थारु लेखकहरुबीच कचहेरीको आयोजना

चितवन, २६ साउन। थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा श्रावण २५ र २६ गते भएको थारु लेखकहरुको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारु लेखक संघ चितवन गठन भएको छ ।

संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यहरुमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । साथै सल्लाहकारमा भजुमनराम महतो, लक्ष्मण प्रसाद चौधरी, डा. संजय महतो, सत्यनारायण चौधरी, रामप्रसाद महतो र सन्तराम महतोलाई मनोनित गरिएको छ ।

थारु भाषा, संस्कृति र पहिचानका लागि थारु लेखक जन्माउन र अगाडि बढाउनका लागि थारु लेखकहरुबीच कचहेरीको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीले बताउनु भयो । कचहेरीमा विभिन्न व्यक्तित्वहरुले विभिन्न विषय बारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

साहित्यकार मनोज चौधरीले आख्यानमा थारु समाज बारे, लक्ष्मण प्रसाद चौधरीले थारु भाषा र पाठ्यक्रम बारे, भाजुराम महतो र डा। संजय महतोले नामको राजनीति र थारु समुदायमा यसको प्रभाव बारे, कारी महतोले थारु भाषाको मानकीकरण अभियान बारे, संजय चौधरीले सिमान्तकृत समुदाय र सामाजिक न्याय बारे, भजुमनराम महतोले थारु जातिको इतिहास बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कचहेरीको उदघाटन सत्रमा खैरहनी नपा वडा नं. ८ का वडाध्यक्ष चन्द्रविक्रम चौधरी, निड्सका अध्यक्ष शिवनारायण चौधरी, पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थाकस क्षेत्रीय सभापति रामेश्वर चौधरी, झगरु चौधरी, सत्यनारायण चौधरी, शंकर महतो, धनवीर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कचहेरी थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो ।

–000—

Share:

सम्बन्धित समाचारहरु