रत्ननगरको वडा नं. ७ मा आजदेखि क्राेकाेडाईलकप सुरु

रत्ननगर, १५ भदौं । मैनाहा टोल विकास संस्थाको आयोजनामा आजदेखि क्राेकाेडाईलकप कप मैनाहा चौरमा सुरु भएको छ । एलेक्स साउण्ड बी र चैनपुर युनाईटेड बीच आज भएको पहिलो खेलमा एलेक्स साउण्ड बी ले १ गोलको अन्तरले विजयी भएको छ ।

पहिलो खेलमा चैनपुर युनाईटेडले २ गोलमा सीमति रहनपुग्यो भने एलेक्स साउण्ड बी ले ३ गोल हानेर आजको खेलमा विजय बन्यो ।

आजदेखि सुरुभएको प्रतियोगीताको रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले उद्घाटन गरेका थिए । खेलाडीहरुलाई फुटबल दिएर वडा अध्यक्ष महतोले उद्घाटन गरेका हुन । प्रतियोगीतामा ३६ वटा टिमले सहभागीता जनाएका छन् । उद्घाटनपूर्व थारुहरुको झम्टा नाच, ठेकरा नाच प्रदर्श गरिएको थियो ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जीत वहादुर तमाङ, रत्ननगर वडा नं. ७ का पूर्वं वडा अध्यक्ष राजन भट्ट, वडा सदस्यहरु सूर्य तमाङ, माइली सुनार, जानकी चौधरी, थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, थारु पत्रकार संघ चितवनका अध्यक्ष दीपेश चौधरी,साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण महतो, नेपाली काँग्रेस रनपा वडा नं. ७ का वडा सभापति कञ्चन महतो लगायत कार्यक्रममा उपस्थित थिए । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको हो ।

–00–

Share:

सम्बन्धित समाचारहरु