संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइयो-(फोटोफिचर) सहित

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दै संविधानले देशलाई नयाँ युगतर्फ अघि बढाएको धारणा राखिन्।

नेपालको संविधान २०७२ असोज ३ गते तत्कालीन संविधानसभाबाट घोषणा गरिएको थियो। नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्ष र राजनीतिक यात्राको उपलब्धिस्वरूप संविधान जारी भएको हो।

दोस्रो संविधानसभाबाट गठित संविधानसभा सदस्यहरूले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेका थिए।

Share:

सम्बन्धित समाचारहरु