चितवनको तापक्रम ४२ डिग्री पुग्यो, भरतपुर, नारायणगढ, रत्ननगर क्षेत्रमा तातो हावा चल्न थाल्यो

चितवन,२६ जेठ । चितवनको तापक्रम ४२ डिग्री पुगेको छ । यो केहीवर्ष यताकै धेरै तापक्रम हो । तापक्रमबढेसँगै भइरहेको गर्मीले चितवनको जनजीवन प्रभावित बनेको छ । चितवनको मुख्य मुख्य बजार क्षेत्रसँगै राजमार्ग क्षेत्रमा न्यून चहलपहल देखिन्छ । यहाँका स्कुलहरु समेत बन्द छ । भरतपुर, नारायणगढ लगायत पूर्वी चितवनको रत्ननगर क्षेत्रका राजमार्ग क्षेत्रमा तातो हावा चलेको छ । बढ्दो तापक्रमसँगै बढेको गर्मीका कारण गाउँघरतिर समेत चहलपहल न्यून छ । जिल्लामा दुईहप्तादेखि पानी परेको छैन । यहाँको तापक्रम एकहप्तादेखि ३९ डिग्रीभन्दा माथी छ । खेतिबालीमा समेत तापक्रमको असर देखिएको किसानहरुले बताएका छन् ।

 

चितवनमा गर्मीले जनजिवन समेत प्रभावित भएको छ । नारायणगढ र भरतपुर क्षेत्रमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ । बजार र सडक क्षेत्रमा निकै कम मात्रामा सर्वसाधारण हिडेका छन् । जिल्लामा दुई साता अघिदेखि पानी परेको छैन । एक सातादेखि चितवनको तापक्रम ३९ डिग्रीभन्दा माथि छ ।

 

मौसमविद्हरुले गर्मी अझै बढ्ने र लु लाग्ने भन्दै बाहिर ननिस्कन सचेत गराएका छन । चितवनका मुख्य बजारहरु नारायणगढ, टाँडी,पर्सा,चनौली लगाएतका क्षेत्रमा मानिसको चहलपहल निकै कम भएको व्यवसायीले बताएका छन् ।

तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्दो रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ ।

‘लू’ तथा गर्मीको समस्याबाट बच्न गर्मीको समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्वतलगायतका झोलपदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरको सुझाव छ । ‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो ।

–00–

Share:

सम्बन्धित समाचारहरु