कालिका, १ असार । आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएपछि मात्रै बुङखोलाको पानी थाङखोलाहुँदै खगरी खोला सम्म लैजाने कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले स्पष्ट पारेका छन् । वर्षातको बेला आउनेपानीको बहावलाई बुङखोलाहुँदै थाङखोला भएर खगेरी खोल सम्म लैजान कुलोको रुपमा विकासगर्ने भनेर यो योजना अघि सारिएको उनले स्पष्ट पारे ।
सहमती विपरित ट्रयाक खोलेको भन्दै कालिकाको वडा नं. ४ र ५ ले विरोध गरेपछि नगर प्रमुख रेग्मीले थोरै प्राविधिक कमजोरी भएको स्वीकार गरे । उपभोक्ता मार्फत काम भइरहेकाले सो ठाउँको निरन्तर स्थलगत निरीक्षणगर्न नसकेकाले यो समस्या सृजना भएको बताए ।
यो विषयमा सम्बन्धीत बडाभेलाबाट गठन भएको वार्ता समितिसँग छलफल भएर विषय मोटामोटी टुंगीएको उनले बताए । बुङखोलाको मुहानदेखि कम्तीमा ५० मिटरपरवाट मात्रै ट्रयाक बनाउने सहमतीभए अनुसारनै काम अगाडी बढाउने वार्ता समितिसँग छलफल भएको नगर प्रमुख रेगमीले जानकारी दिए । अहिले खनेको खाल्टोलाई पुर्न समेत निर्देशन दिइसकेको छु – सेतो नेपालसँगको कुराकानीमा उनले भने ।
यो योजनालाई नगरपालिकाले समग्र नगरक्षेत्रकै गौरवको योजनाको रुपमा अगाडी बढाउन लागेको समेत उनले जानकारी दिए । नगर प्रमुख रेग्मीका अनुसार बुङखोलादेखि खगेरीखोल सम्मको बीचमा १४ वटा स्पर निर्माणहुनेछ । यो परियोजनाको लागि संघीय सरकारवाट अहिले डेढ करोड बजेट विनियोजन भएको छ । एउटा बस्ति जोगाउने नाउँमा अर्को बस्तीलाई कतिपनि असर नपुग्नेगरीखोलाको व्यस्थापन हुन्छ – उनले भने ।
समग्रनगरकै आफु अभिभावक भएकाले कुनैपनि वडामा अफ्ठयारो हुन्न दिन्न उनले भने सबैसँग हातेमालो गरेर यो योजनालाई सक्ने छौं । सामुदायिक वनसँगपनि सहकार्य गरेरै अगाडी बढ्ने नगर प्रमुख रेग्मीको भनाई छ ।


