बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डौं, १० जेठ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ६ मिनेट जाँदा ४।५ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङसहित छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

यसअघि सोमबार साँझ मात्र बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु