बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान,गाडी खरिद नगर्ने, भत्ता नदिने

काठमाण्डौं, १ असार । बागमती प्रदेशले स्थानीय तहलाई विभिन्न तीन प्रकारका अनुदान दिने भएको छ।

उक्त अनुदानमाफर्त ७ अर्ब ५६ करोड रुपैयाँ अनुदान प्रदान गरिने भएको हो। आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङ प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विनियोजन भएको अनुदानको जानकारी दिएका हुन्।

समानीकरण अनुदान १ अर्ब ६६ करोड, ससर्त अनुदान २ अर्ब ८२ करोड,समपुरक अनुदानमा २ अर्ब ३५ करोड विशेष अनुदान ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको उनले जनकारी गराएका हुन्।

 

बागमती प्रदेशले आगामी आर्थिक वर्षमा खर्च कटौतीको योजना ल्याएको छ। त्यसको लागि आर्थिक मामिला मन्त्री बाहादुर सिंहले भत्ता कटौती र फजुल खर्चहरु रोक्ने योजना अघि सारेका हुन्। शुक्रबार आगामाी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै उनले कागज खरिद समेत नगर्ने जानाकारी दिए।

त्यस्तैगरी विशेष भत्ताहरु खारेज गर्ने नीति लिएको पनि उनले जानकारी दिए। साथै बागमती प्रदेशमा भ्यूटावर लगायतका अनावश्यक संरचना समेत नबनाउने बताए। –00–

 

Share:

सम्बन्धित समाचारहरु