दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा : दुर्घटनामा ५ जना घाइते

फागुन ४ मोरङ । कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ ।

कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र। ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल आज (मंगलबार) बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराकाले जानकारी दिए ।

घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २६ वर्षिया निभा पटेल, अर्को मोटरसाइकलका चालक फेटा गाउँपालिका १ भलुही बस्ने १९ वर्षीय प्रदीप कुमार दास, सोही मोटरसाइकलमा पछाडि सवार भलुहीकै २० वर्षीय रोहित कुमार दास, १९ वर्षीय रामविनय दास घाइते भएको छ ।घाइते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाइकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरूको वीरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु