गाैतम गिरी – सेताेनेपाल –
चितवन,( कालिका ),१० साउन । राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कालिका नगरपालिका–८ स्थित हिष्य कक्यु बौद्ध गुम्बा परिसरमा सम्पन्न उक्त कार्यक्रममा करिब ४०० बढी विभिन्न प्रजातिका विरुवा रोपिएका छन्।

कार्यक्रम राष्ट्रिय युवा संघ कालिका नगर अध्यक्ष अजय लामाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा चितवन क्षेत्र नं. २ का इन्चार्ज कृष्ण भक्त पोखरेल प्रमुख अतिथि रहनुभयो।

सो अवसरमा राष्ट्रिय युवा संघ चितवनकी इन्चार्ज अमृता भट्टराई, अखिल नेपाल महिला संघ चितवनकी इन्चार्ज बिमला तामाङ, कालिका नगर इन्चार्ज खुम नारायण श्रेष्ठ, राष्ट्रिय युवा संघ चितवन अध्यक्ष झलकराज भट्ट, उपाध्यक्ष सन्तोष श्रेष्ठ, एमाले कालिका अध्यक्ष केशव लामा लगायत जुना तामाङ, दीपक सिंह परियार, उमाकान्त सापकोटा, सुजना मल्ल, देवा तामाङ, साजन श्रेष्ठ, नुमा दोर्जे लामा, जीवन थापा मगर लगायतको उपस्थिति रहेको थियो।

वातावरणीय सन्तुलन कायम राख्ने तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष अजय लामाले वृक्षारोपण मात्र नभई संरक्षणमा पनि संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विपद् व्यवस्थापनका बेला उद्धार र राहतमा समेत संघ सधैं अग्रसर रहने स्पष्ट पार्नुभयो।
स्थानीय युवा, संघसंस्था र सर्वसाधारणको उल्लेखनीय सहभागिताले कार्यक्रम थप प्रभावकारी र सफल भएको आयोजकले जनाएको छ।–00–


