नारायणी नदीमा‘सिग्नेचर पुल’ बनाउन तुँदी निर्माण सेवा कम्पनी छनोट,पुलकोआयु सय वर्ष भन्दा बढि

पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा कम्पनी छनोट भएको सडक विभागअन्तर्गतको
पुल महाशाखा प्रमुख नरेशमान शाक्यले जानकारी दिएका छन । यससँगै पुल निर्माणको काय अगाडि बढ्ने भएको छ ।

उनका अनुसार अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको नारायणी पुल दुई लेनको हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । ।

महाशाखा प्रमुख शाक्यले भने, “नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ ।२०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ ।२०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।

डेढ अर्ब रुपियाँको लागतमा निर्माण हुन गइरहेको पुल स्वदेशी लगानीमा नै निर्माण हुन लागेको हो ।

पुलको निर्माण अवधि चार वर्ष रहेको छ ।  शाक्यका अनुसार नारायणी पुल निर्माणका लागि चार महिनाअघि गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा दुई वटा निर्माण कम्पनीले आवेदन दिएका थिए। तुँदी र अनक निर्माण कम्पनीले बोलपत्र भरेकोमा तुँदी निर्माण कम्पनी छनोट भएको हो ।

 

Share:

सम्बन्धित समाचारहरु