दोस्रो चरौदी कृषि तथा पर्यटन मेला बैशाख १४ देखि शुरु

धादिङ्ग,१३ बैशाख । धादिङ्गको रोराङ्गमा दोस्रो चरौदी कृषि तथा पर्यटन मेला-२०८० हुने भएको छ। जिल्ला होटल संघ धादिङ्गको आयोजना तथा चरौदी समाज सुधार युवा क्लवको सह-आयोजनामा हुन लागेको सो मेला बेनीघाट रोराङ गाउँपालिका स्थित चरौदी बजारमा संचालन हुनेछ।

 

समग्र धादिङ्गको गौरव र गरीमामय प्रस्तुतिको रुपमा रहेको सो मेलामा बिभिन्न समुदायको झाकी साथै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। उक्त मेला बैशाख १४ देखि २४ गते सम्म संचालन हुनेछ।
मेलामा बाल उधान देखी कृषि पर्यटनलाई मुख्य आकर्षक केन्द्र बनाइएको छ।

मेलाको उद्घाटन बागमती प्रदेशका भौतिक मन्त्री युबराज दुलाल (शरद ) द्वारा हुने आयोजकले बताएको छ। मेलाको अवसरमा नेपाल रेडक्रस सोसाइटी उप( शाखा चरौदी बृहत रक्तदान कार्यक्रम समेत हुने सभापति ईश्वर थपलियाले जानकारी गराउनुभएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु