भैरहवा । भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनलको परिसरमा सोमबार मध्यरात गोली चलेको छ। होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच विवाद हुँदा एउटा समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
गोली लागेर बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षीय सुरक्षागार्ड मीनबहादुर परियार घाइते भएका छन्। रुपन्देही प्रहरीका प्रवक्ता तथा डीएसपी सुरज कार्कीका अनुसार परियारको तिघ्रामा गोली लागेको हो। उनलाई उपचारका लागि भीम अस्पताल भैरहवा लगिएको थियो र उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी तीव्र पारेको छ।–00–


