चितवन,१९ माघ । ‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदैछ। दिवसको अवसरमा चितवनम विभिन्न कार्यक्रम गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा अन्तरक्रिया तथा घडियाल गोही नदीमा छाड्ने कार्यक्रम राखेको छ ।
नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन्। नेपालको ६० हजार ५ सय ६१ हेक्टर क्षेत्र रामसारमा पर्छ। पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो।
कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन्। यस्तै गोक्यो तथा आसपासका ताल, माइ पोखरी र पोखरा उपत्यकाका ताल पनि सूचीकृत भइसकेका छन्। तर पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको छ।
मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै यसलाई जोगाउने तथा महत्त्वबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ। -तस्विर – कोमल भगतको फेसबुकवाट