रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते, रोकिराखेको स्कुटर चालक पक्राउ

चितवन, १७ पौष।

चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा सडक छेउमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

गएराति साढे १२ बजेको समयमा लेवरनगरबाट अमृत चोकतर्फ आउदै गरेको बागमती प्रदेश ०३–००३ प ५०८३ नम्बरको स्कुटरले सडक छेउमा रोकिराखेको ना २७ प ४३४७ नम्बरको स्कुटरमा ठक्कर दिँदा बगमती प्रदेश ०३–००३ प ५०८३ नम्बरको स्कुटर चालक भरतपुर–२५ नमुना चोक बस्ने ३० वर्षीय लोकनाथ रिजाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

घाइते रिजालको टाउकोमा चोट लागेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै स्कुटर र सडक छेउमा रोकिराखेको स्कुटरका चालकलाई पनि पक्राउ गरेको छ ।

Share:

सम्बन्धित समाचारहरु