नयाँ वर्षको अवसरमा नारायणी नदीकिनारमा सांस्कृतिक साँझ हुँदै

चितवन, ३० चैत्र । भोली नेपालीहरुको नयाँ वर्ष । नयाँ वर्षको अवसरमा नारायणी नदी किनारमा चितवन साँस्कृतिक साँझ हुने भएको छ । बैशाख १ र २ गते नारायणगढस्थिति नदी किनारमा एम.एम.बि.के.एल। इभेन्ट एण्ड बहुउद्देश्यीय प्रालिले कार्यक्रम गर्न लागेको हो ।

दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कन्सर्ट हुने छ । कार्यक्रमका व्यवस्थापक सानु खड्काले साँस्कृतिक साँझमा पल शाह लगायतको उपस्थिति रहने जानकारी दिए । पल शाहसँगै कन्सर्टमा द साइन ब्याण्ड, उर्गेन दोङ, सुनिल पण्डित (भोजपुरी गायक), एम.टी महर, जे.बि ओली, सागर ओली, मनिस खड्का, संचिता बोलाखे, सुप्रिम मल्ल र हिमाल सागरको उपस्थिति रहने छ ।

कन्सर्टमा २०० देखि ३०० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । –00–

 

Share:

सम्बन्धित समाचारहरु