चितवन क्षेत्र नं. २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपानेको नाम सिफारिस

चितवन । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नंं २ मा नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ । एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

यसअघि यस क्षेत्रबाट न्यौपानेसंगै पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, कालिका नगरपालिका पूर्व मेयर गोपी श्रेष्ठ र नेता तेजेन्द्र खड्काको नाम चर्चामा थियो । उपनिर्वाचनका लागि यही चैत २० गते मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ । सोही कारण एमालेले आजै नाम टुंगो लगाएको हो हो । उपनिर्वाचनमा नेपाली कांग्रेसले चितवनका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि लामिछानको सांसद पद गुमेको थियो । त्यसै कारण चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । –00–

 

Share:

सम्बन्धित समाचारहरु