त्रिशूलीमा हामफाल्न पुलमा झुन्डिएका व्यक्तिको उद्धार

चितवन, २ भदौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियार पुलमा झुन्डिएका थिए । उनी पुलबाट त्रिशूलीमा हामफाल्नका लागि झुन्डिएको सूचना प्रहरीले पाएको थियो ।

 

त्यसपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ११ जनाको टोलीले ‘रोप रेस्क्यु’ विधिबाट परियारको उद्धार गरेको थियो । उपचारका लागि उनलाई मुग्लिन हाइवे अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

उनले किन हामफाल्न खोजे भन्ने कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।–00–

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु