चितवन, जेठ १६
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
चितवनको राप्ती नगरपालिका–१ मा पर्ने निकुञ्जभित्र घाँस काट्न जाने क्रममा आज दिउँसो बाघले आक्रमण गर्दा राप्ती–१ की सोतीमाया तामाङको मृत्यु भएको हो ।
बाघको आक्रमणबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


