पत्नी माइत बसेको झोंकमा बञ्चरोले आफ्नै खुट्टा छिनाले

बैशाख ५ कञ्चनपुर । पत्नी माइत गएको झोँकमा शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका अन्दाजी ४२ वर्षका गणेश लुहारलेआफ्नै खुट्टामा बञ्चरो प्रहार गरेका छन्।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार छिमेकीको नल्का (ट्युबवेल) मा लुहारले आफैंले बञ्चरो हानेर आफ्नो खुट्टामा काटेका हुन्।बञ्चरो प्रहारबाट लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ।

आफ्नै खुट्टो छिनाउने लुहारलाई प्रहरीले तत्कालै काटिएको खुट्टासहित महाकाली अस्पताल महेन्द्रनगर लगेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

उनको मानसिक स्थिति ठिक नभएको अनुमान प्रहरीले गरेको छ। पतिले दुःख दिएको भन्दै उनकी पत्नी धेरै दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी छन्।

Share:

सम्बन्धित समाचारहरु