रत्ननगर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा रत्ननगर नगरपालिका वडा नं. ७ ले वडा भित्रका ४९ माझी मुसहर घरपरिवारलाई सरसफाईका सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष सजना महतोको नेतृत्वमा गएको टोलीले भाँडा माझ्ने साबुनदेखि दाँत माझ्ने ब्रस मन्जन लगायतका सामग्री वितरण गरिएको वडा सदस्य सूर्यवहादुर तामाङले जानकारी दिए ।
घरपरिवार देखि घर वरिपरी सरसफाईमा विशेष ध्यानदिनुपर्ने सचेतना सहित सरसफाईको सामग्री वितरण गरिएको हो । नुहाउने साबुनदेखि शौचालयमा प्रयोगहुने हरपिक लगायत बालबालिकाहरुलाई कापि कलम समेत वितरण गरिएको वडा अध्यक्ष सजना महतोले जानकारी दिए ।–00–


