दसैँका लागि तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । दसैँका समयमा आवश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो । निर्णयअनुसार अक्टोबर १८ देखि २० सम्म तातोपानी नाका सञ्चालन हुनेछ । उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावतको अनुमति दिइनेछ ।

चाडपर्वका बेला आवश्यक वस्तुको आपूर्ति व्यवस्थापन सहज बनाउने उद्देश्यले सरकारले नाका सञ्चालनका लागि पहल गरेको हो । नाका खुल्दा नेपाल–चीन व्यापारिक आवागमन सहज हुनुका साथै दसैँका समयमा बजारमा आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:

सम्बन्धित समाचारहरु