राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक बन्द, पहिरोको जोखिमपछि प्रशासनको निर्णय

चितवन, ३ साउन  । लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

जिल्लाका विभिन्न स्थान तथा धादिङलगायत क्षेत्रमा पहिरो खस्ने सम्भावना उच्च रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा सवारी सञ्चालन गर्दा हुन सक्ने सम्भावित दुर्घटना र जनधनको क्षतिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि सवारी आवागमन बन्द रहने उल्लेख गरिएको छ।

प्रशासनले अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरेमा स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसअघि पनि निरन्तर वर्षाका कारण शनिबार राति यही सडकखण्डमा सवारी आवागमन रोकिएको थियो। वर्षायाममा पहिरोको जोखिम बढ्दै गएपछि प्रशासनले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।—00–

Share:

सम्बन्धित समाचारहरु