गगन थापाको रास्वपालाई सुझाव:गल्ती गर्दा आफ्नै नेतामाथि पनि प्रश्न उठाउनुस्

चितवन । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई आफ्ना नेताहरूलाई अन्धभक्तिभावले नहेर्न र आवश्यक पर्दा प्रश्न गर्न नहिच्किचाउन आग्रह गरेका छन्।

आज रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कुनै पनि राजनीतिक दलमा स्वस्थ आन्तरिक आलोचना र आत्मसमीक्षाको संस्कृतिको आवश्यकता रहेको बताए। उनले आफ्नै दलको अनुभव सुनाउँदै नेताहरूलाई ‘भगवान्’ वा ‘बा’ को रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले पार्टीलाई क्षति पुर्‍याएको उल्लेख गरे।

उनले भने, “तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले आफ्ना नेताहरूलाई भगवान् र बा बनाएर गल्ती गरिसक्यौँ, तपाईंहरूले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन। नेताले गल्ती गर्दा प्रश्न गर्ने साहस राख्नुपर्छ। हामीले यस्तो आवाज समयमै उठाउन सकेनौँ र त्यसको मूल्य पनि चुकायौँ। ‘हाम्रो पार्टी दास र लासको पार्टी होइन’ भन्ने कुरा धेरैअघि नै भन्न सक्नुपर्थ्यो, तर हामीले ढिला गर्‍यौँ। त्यसबाट तपाईंहरूले पाठ सिक्नुपर्छ। अरू पार्टीको आलोचना गर्नुभन्दा पहिले आफ्नै पार्टीभित्र गल्ती देखिए त्यसलाई सच्याउन आवाज उठाउने संस्कार विकास गर्नुपर्छ।”

Share:

सम्बन्धित समाचारहरु